Biratnagar, Morang, Nepal
२३ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

उद्‌घोष संवाददाता
२३ कार्तिक २०८३, सोमवार

Advertisement

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ ।

हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ ।

View : 37

२३ कार्तिक २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved