Biratnagar, Morang, Nepal
२२ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

राजधानी युवा क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

उद्‌घोष संवाददाता
२२ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगर–३ स्थित राजधानी युवा क्लबले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा दुई समूहबाट विजेता र उपविजेता जोडी छनोट भएका छन् ।

प्रतियोगिताको समूह ‘ए’ तर्फ लेखा अधिकृत ढकराज कटवाल र प्रदेश प्रहरी कार्यालयका नारायण खड्काको जोडी प्रथम भएको छ ।

यसै समूहमा नेपाल राष्ट्र बैंकमा कार्यरत सुजन बिक र प्रहरी सहायक निरीक्षक तारा बस्नेतको जोडी द्वितीय भएको छ ।

त्यसैगरी समूह ‘बी’ तर्फ पत्रकार महासंघका केन्द्रीय सदस्य एवं उद्घोषकर्मी कमल रिमाल र हिमालयन बैंकका शाखा प्रमुख रोशनबाबु तिवारीको जोडी प्रथम भएको छ भने लेखा अधिकृत रोशन राउत र मालपोत कर्मचारी मणिराम ढकालको जोडी द्वितीय भएको छ ।

आइतबार सम्पन्न फाइनल खेलपछि आयोजित समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई मेडल र नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

फर्स्ट ग्रेभियरका सञ्चालक दीपक गौतम, क्लबका अध्यक्ष राजु ढकाल र खेल संयोजक नवराज काफ्लेले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको उद्घाटन जिल्ला अदालत मोरङका न्यायाधीश केशव घिमिरेले गरेका थिए ।

क्लबले सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आन्तरिक प्रतियोगिता आयोजना गरेको हो ।

विभिन्न पेसा र क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको थियो ।

View : 17

२२ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved