Biratnagar, Morang, Nepal
२० कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग संगठनमा शुभकामना आदानप्रदान

उद्‌घोष संवाददाता
२० कार्तिक २०८३, शुक्रवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले विभिन्न चाडबाडको अवसर पारेर बिहीबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । 

संगठनका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षतामा आयोजित कार्यक्रमका कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गसहित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, कोशी प्रदेश सांसद भीम पराजुली, विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलगायत निजी क्षेत्र सम्वद्ध संघसंस्था, उद्योगी व्यवसायी, राजनीतिक दल, सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

संगठनले हरेक बर्ष बडादशैं, दीपावली, छठ, नेपाल सम्बत लगायतका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ । 

View : 33

२० कार्तिक २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved