विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालयले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा प्राडा अजय भट्टराईलाई जिम्मेवारी प्रदान गरेको छ।
क्याम्पस प्रमुखको पद रिक्त रहेकोले त्रिवि ऐन, २०४९ को परिच्छेद ७, दफा २१ (ख) बमोजिम दैनिक कार्य सञ्चालनका लागि बढीमा ३ महिनाको अवधिका लागि उनलाई यो जिम्मेवारी तोकिएको हो।
उपकुलपति प्रा.डा. भोला थापाद्वारा बुधबार (कात्तिक १८) हस्ताक्षरित पत्रमा प्राडा भट्टराईलाई त्रिवि ऐन, नियम तथा नियमनको अधीनमा रही कार्यभार सम्हाल्न अनुरोध गरिएको छ।
यस अघिका क्याम्पस प्रमुख डा रामावतार शरण उमेर हदका कारण कात्तिक पहिलाे हप्ता नै अवकाश भएपछि महेन्द्र माेरड क्याम्पस नेतृत्व विहीन थियाे ।
बुधबार नियुत्तः भएका प्राडा भट्टराई विराटनगरमा नै भएर पनि बिहीबार क्याम्पसकाे कार्यभार नसंहालेकाेमा विभिन्न शंका, उपशंका बढेकाे छ ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved