Biratnagar, Morang, Nepal
१९ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर–१९ मा समुदायस्तरीय सरसफाइ अभियान

उद्‌घोष संवाददाता
१९ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित दुर्गा मन्दिर टोल विकास सरोकार समितिको आयोजनामा समुदायस्तरीय सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

अभियानअन्तर्गत घिनाघाट, शिव गंगा आरतीस्थल, दुर्गा मन्दिर परिसर तथा आसपासका सडक किनारमा सरसफाइ गरिएको हो । स्थानीय समुदाय, अगुवा, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागितामा सार्वजनिक स्थलमा रहेको फोहोरमैला संकलन तथा व्यवस्थापन गर्दै सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे लगायतको उपस्थितिमा समुदायस्तरमा सरसफाइको महत्वबारे जानकारी दिंदै सरसफाई गरिएको हो । उपप्रमुख कार्कीले अभियानमा सहभागी हुँदै सरसफाइलाई सामुदायिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिइन् । साथै, अभियानलाई निरन्तरता दिन पनि आग्रह गरिन् ।

वडाध्यक्ष घिमिरेले सरसफाई अभियानलाई निरन्तरता समुदायस्तरमा सहकार्य गरिने बताए । उनले प्रत्येक हप्ता वडाका विभिन्न स्थानमा समुदायस्तरबाटै यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि वडा कार्यालयले सँधै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सरसफार्य कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, वडा प्रतिनिधि, टोल समिति प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागीता थियो ।

View : 9

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved