Biratnagar, Morang, Nepal
६ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विश्वकप क्वालिफायर नेपालले आयोजना गर्ने

उद्‌घोष संवाददाता
५ कार्तिक २०८३, बिहिवार

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौं, नेपालमा आयोजना गर्ने जनाएको छ ।

उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन् ।

यसैबीच नेपाल र भारत ‘ए’ बीचको शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघ (क्यान) बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved