Biratnagar, Morang, Nepal
६ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

उद्‌घोष संवाददाता
५ कार्तिक २०८३, बिहिवार

Advertisement

काठमाडौं । विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो ।

केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ ।

यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । यो कमजोरीको फाइदा उठाउँदै ह्याकर वा आक्रमणकारीले बिना लगइन नै सिधै सर्भरमा कोड चलाउन र प्रणाली नियन्त्रणमा लिन सक्ने खतरा रहन्छ ।

बडादशैंको बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा प्रणाली अद्यावधिक गर्न निरन्तर खटिरहेको केन्द्रले जानकारी दिएको छ ।

प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण गर्ने काम भइरहेको छ ।

परीक्षण सम्पन्न भई पूर्ण रूपमा सुरक्षित भएसँगै बन्द रहेका सरकारी वेबसाइट तथा सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ ।

अचानक सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved