Biratnagar, Morang, Nepal
६ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति

उद्‌घोष संवाददाता
५ कार्तिक २०८३, बिहिवार

Advertisement

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार बिहान करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकी २ लाख लिटर क्षमताको रहेको प्रहरीले जनाएको छ ।  

आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । 

समयमै आगो नियन्त्रणमा लिइएका कारण उद्योगमा थप क्षति हुन पाएन भने घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुमानअनुसार १ करोड ५६ लाख बराबरको भौतिक क्षति देखिए पनि घटनाको वास्तविक कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved