Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिब १ बजे खोजतलास गरेको थियो ।

सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा भने कोही पनि व्यक्ति फेला परेनन् । बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताए ।

दुर्गम नदी क्षेत्रलाई तस्करीको माध्यम बनाउने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ ।

View : 21

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved