Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

सिड्नी विमानस्थलमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

सिड्नी । अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ ।

प्रहरीका अनुसार गत नोभेम्बर ८ मा विमानस्थलमा गरिएको मोबाइल फोन परीक्षणका क्रममा उक्त सामग्री फेला परेको थियो। त्यसपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको हो ।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीसँगको सहकार्यमा गरिएको अनुसन्धानका क्रममा दक्षिण–पश्चिम सिड्नीस्थित एक निवासमा खानतलासी गरिएको थियो ।

सो क्रममा थप विद्युतीय उपकरणहरू बरामद गरी फरेन्सिक परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्रीलाई पीडितविहीन अपराधका रूपमा हेर्न नमिल्ने स्पष्ट पारेको छ । यस्ता प्रत्येक तस्बिर वा भिडियोको पछाडि दुव्र्यवहार र शोषणमा परेका बालबालिकाको पीडा जोडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालबालिकामाथि हुने यौन शोषणसँग सम्बन्धित सामग्रीको उत्पादन, भण्डारण र प्रसार गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध अनुसन्धान र कारबाही जारी रहने जनाएको छ ।

आरोपितमाथिको अनुसन्धान जारी रहेकाले अदालतबाट दोषी ठहर नभएसम्म उनलाई निर्दोष मानिने अस्ट्रेलियाली कानुनी सिद्धान्त लागू हुन्छ वकिलहरुको जिकीर छ ।

View : 15

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved