Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेपाली काँग्रेस (देउवा समूह) को प्रदेश अधिवेशन मंसिरमा

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

स्याङ्जा । नेपाली काँग्रेस (देउवा समूह) को १५ औ गण्डकी प्रदेश स्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ ।

नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ ।

अधिवेशन सम्पन्न गर्न ७ वटा उपसमिति गठन गरिएको छ । सहभागीलाई खाना र नास्ताको प्रबन्ध आयोजकको तर्फबाट गरिएको छ भने आवासको ब्यबस्था सहभागी प्रतिनिधि स्वयंमले गर्नु पर्ने छ ।

View : 17

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved