Biratnagar, Morang, Nepal
६ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा चालक अनुमतिपत्रको निरोगिता प्रमाणपत्र लिन अब ५ सय रुपैयाँ लाग्ने

उद्‌घोष संवाददाता
५ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले अब ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

प्रदेश सरकारले करारका चिकित्सकमार्फत सेवा दिँदै आएको व्यवस्था हटाएर सूचीकृत चिकित्सकबाट प्रमाणपत्र जारी गर्ने तयारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

यसअघि प्रमाणपत्रका लागि ३५० रुपैयाँ मात्रै तिर्नुपर्थ्यो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमाणपत्र जारी गर्न इच्छुक चिकित्सकका कम्पनीलाई सूचीकृत हुन आह्वान गरेको छ ।

मन्त्रालयका सचिव कृष्ण सापकोटाका अनुसार संघीय सरकारको परिपत्रअनुसार नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।

दुई वर्षअघि निरोगिताको स्वास्थ्य परीक्षण र प्रमाणपत्र जारी गर्दा अनियमितता तथा बढी रकम असुल्ने गुनासो आएपछि प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा करारका चिकित्सक खटाएको थियो ।

इटहरी र बिर्तामोडमा दुई–दुई जना तथा अन्य कार्यालयमा एक–एक जना चिकित्सकले सेवा दिँदै आएका थिए । नयाँ व्यवस्थाले सेवाग्राहीको खर्च बढाउनुका साथै प्रमाणपत्रका नाममा अतिरिक्त रकम असुल्ने अवस्था सिर्जना गर्न सक्ने भन्दै आलोचना भएको छ ।

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved