Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती र देवकोटा पुस्तकालयको ६८औँ वार्षिकोत्सव सम्पन्न

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । देवकोटा पुस्तकालय विराटनगरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती तथा पुस्तकालयको ६८औँ वार्षिकोत्सव विविध सामाजिक र साहित्यिक कार्यक्रमहरूसहित सम्पन्न भएको छ ।

“साहित्य, कला र संस्कृतिको उत्थान: समृद्ध राष्ट्रको पहिचान” भन्ने मूल नाराका साथ तिहार पर्वको अवसरमा कार्तिक २१ र २२ गते दुई दिने कार्यक्रम आयोजना गरिएको हो ।

पुस्तकालयका सभापति सुबोध निराैलाको सभापतित्व तथा ग्रीष्म ढुंगानाको मूल संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्तिक २१ गते काग तिहारका दिन देवकोटा चोकमा आयोजित खुला रक्तदान कार्यक्रमबाट दुई दिने समारोहको सुरुआत भएको थियो ।

प्रज्वन ढुंगानाको संयोजनमा सम्पन्न उक्त सामाजिक कार्यपछि, दोस्रो दिन कार्तिक २२ गते लक्ष्मी पूजाका दिन प्रात: ४ बजे महानगर क्षेत्रभित्र प्रभात फेरी निकालिएको थियो ।

समीप गौतमको संयोजनमा प्रभात फेरी सम्पन्न भएलगत्तै बिहान ७ बजे सुलभ ढुंगानाको संयोजनमा देवकोटा चोकबाट महाकविको तस्बिरसहितको रथ शोभायात्रा निकालिएको थियो ।

शोभायात्रापश्चात् देवकोटा चोकस्थित महाकविको शालिकमा माल्यार्पण गरी उच्च सम्मान प्रकट गरिएको थियो ।

तत्पश्चात् आयोजित विचार गोष्ठीमा विभिन्न वक्ताहरूले महाकवि देवकोटाले नेपाली साहित्यको विकास र उत्थानमा पुर्‍याउनुभएको अतुलनीय योगदानबारे चर्चा तथा मन्तव्य व्यक्त गरेका थिए । साे माल्यार्पणा तथा मन्तव्य कार्यक्रमको संयोजन शशांक अर्यालले गरेका थिए ।

View : 128

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved