Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

नेपाली कांग्रेस विराटनगर-१२ द्वारा शुभकामना आदान प्रदान

उद्‌घोष संवाददाता
७ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर ।  नेपाली कांग्रेस विराटनगर-१२ वडा समितिको आयोजनामा शनिबार वडादशैं, तिहार, छठ पर्व, गोठाले पर्व तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

धरणीधरचोकस्थित विराट सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाकाे प्रमुख उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमिला गच्छदार, कोशी प्रदेश सदस्य गोपाल रेग्मी, मोरङ कांग्रेसका अध्यक्ष डिकबहादुर लिम्बू, सचिव मोदराज घिमिरे, मोरङ ६ ‘ख’ का सभापति रामसुन्दर राजवंशी र धनकुटा अध्यक्ष दिनेश राई, सन्ताेष नेउपाने लगायतका नेताहरूको सहभागिता  थियो ।

नेपाली कांग्रेस विराटनगर-१२ का सभापति डेडराज दाहालको सभापतित्वमा सम्पन्न भएको साे कार्यक्रममा रिता पोखरेलले आगन्तुकहरूलाई स्वागत गरेकी थिइन् ।

View : 464

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved