Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उद्‌घोष संवाददाता
८ कार्तिक २०८३, आइतवार

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति ८:५० बजे त्रियुगा नगरपालिका–११ स्थित संगम टोलको इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट स्थानीय ५२ वर्षीय रामबहादुर कार्की गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक कार्कीको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्की निवासी अन्दाजी २३ वर्षीय दिलिप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved