विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका खत्रीको शव शनिबार अपराह्न जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–३ निवासी खत्री पिजफायर रेस्टुरेन्टका सञ्चालक हुन् । उनी शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएको र त्यसपछि परिवारका सदस्यसँग उनको सम्पर्क हुन नसकेको मोरङ प्रहरीले जनाएको छ ।
स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
परिवारका सदस्यले शवको पहिचान गरेका थिए ।
खत्रीले चलाएर लगेको स्कुटर भने अझै फेला नपरेकाे जनाइएको छ ।
शव भने पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved