Biratnagar, Morang, Nepal
६ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

उद्‌घोष संवाददाता
५ मंसिर २०८३, शनिवार

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियुक्त भएका छन् । 

प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएको छ ।

शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दल लाई नेतृत्व गर्न दिइएको हो ।

View : 30

६ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved