विराटनगर । शिक्षासेवी तथा समाजसेवी ओम निरौलाको शनिबार ५८ वर्षको उमेरमा निधन भएको छ ।
मृगौला सम्बन्धी समस्याबाट पीडित भई उपचारका क्रममा उनको निधन भएको हो ।
उनको पार्थिव शरीरको शनिबार नै परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ ।
स्वर्गीय निरौलाले विराटनगर-१ स्थित ऐतिहासिक राधाकृष्ण रथयात्रा समितिको पूर्व सचिव तथा राधाकृष्ण मन्दिरको महासचिवको रूपमा लामो समय सेवा पुर्याएका थिए ।
त्यसैगरी, उनले हालै विराटनगर-१ स्थित विजयपुर टोलस्थित रामजानकी मन्दिरमा सचिवको भूमिकामा समेत महत्त्वपूर्ण योगदान दिएकाे स्थानीय शिल्पा प्याकुरेलले जनाएकी छन् ।
स्वर्गीय निरौलाका श्रीमती र दुई छोरा छन् ।
View : 367
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved