विराटनगर । मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशको संयुक्त आयोजना तथा जीवन विज्ञान प्रतिष्ठान काठमाडौंको सहकार्यमा ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार विराटनगरस्थित मोरङ उद्योग व्यापार संघमा आयोजित कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक भानु गुरुदेवले प्रशिक्षण दिएका थिए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साह र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको संयुक्त सभापतित्वमा भएको कार्यक्रममा संघका अध्यक्ष साहले दैनिक व्यावसायिक व्यस्तता र तनावका बीच उद्योगी–व्यवसायीका लागि शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आत्मिक जागरण आवश्यक रहेको बताए ।
भानु गुरुदेवले जीवनलाई स्वस्थ, ऊर्जाशील र सन्तुलित बनाउन योग, ध्यान तथा स्वजागरणका व्यावहारिक उपायबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणपछि सहभागीहरूले राखेका जिज्ञासाको गुरुदेवले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशका संयोजक केदारमान कार्कीसहित विभिन्न संघसंस्थाका पदाधिकारी, स्वास्थ्य तथा सामाजिक क्षेत्रका प्रतिनिधि, उद्योगी–व्यवसायी र साधक–साधिकाहरूको सहभागिता थियो ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved