Biratnagar, Morang, Nepal
१९ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

बोया समाजले ग्रामीण सेवालाई निरन्तरता दिने

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । भोजपुरको बोयामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाउँदै आएका नागरिकहरूको संस्था 'वोया सेवा समाज काठमाडौं'को विशेष भेटघाट तथा बैठक मङ्गलबार काठमाडौंमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष हरिकुमार राईकाे सभापतित्वमा भएकाे वैठकमा नजिकिँदै गरेको तिहार पर्वको अवसर पारेर आयोजना गरिएको उक्त बैठकमा संस्थाका आगामी कार्यदिशा तथा सामाजिक गतिविधिबारे छलफल गरिएको छ । टोखा-६ ग्राण्डी क्षेत्रको राई माइला रेष्टुरेन्टमा भएको छलफलमा  अधिवक्ता रामनाथ राई,  हरि खत्री, कमलहरि खतिवडा, आइत्र राईको प्रमुख उपस्थिति थियो ।

संस्थाले आफ्नो जन्मभूमि बोयाको सामाजिक, शैक्षिक तथा सांस्कृतिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

यसै क्रममा गत असार महिनामा बोया समाजले ग्रामीण सेवालाई निरन्तरता दिनेपुगेर संस्थाले एसईई  परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा नगद सहित सम्मानका साथै स्थानीय शिक्षकहरूलाई पनि सम्मान गरेको थियो ।

शैक्षिक क्षेत्रबाहेक समाजले स्थानीय सांस्कृतिक प्रवर्द्धनमा समेत जोड दिँदै आएको छ ।

भाेजपुरका कर्णाली भनेर चिनिने  बोया क्षेत्रमा रहेका नेवार, राई, तामाङ लगायत विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूको उत्थान र परम्परा संरक्षणका लागि संस्थाले नगद सहयोग समेत प्रदान गरिसकेको छ ।

आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र सामाजिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समाजले जनाएको समाजका आइत्रकुमार राईले बताए ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved