Biratnagar, Morang, Nepal
१३ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तय भइसकेको एमाले धनकुटाको अधिवेशन स्थगित

उद्‌घोष संवाददाता
१३ कार्तिक २०८३, शुक्रवार

Advertisement

धनकुटा । धनकुटामा यही  कात्तिक १४ गते गर्ने तय भएको नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशन, प्रतिनिधि परिषद बैठक तथा कार्यकर्ता भेला स्थगित गरिएको छ । 

पूर्व राष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको सो भेला वंगालको खाडीबाट आइरहेको अर्नब चक्रवातका कारण स्थगित गरिएको हो ।

चक्रवातका कारण कात्तिक १२ देखि १५ गतेसम्म देशभर चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरिएकाले त्यसैलाई दृष्टिगत गर्दै कार्यक्रम स्थगित गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

२०८१ जेठ १४ गते सम्पन्न एमाले धनकुटाको आठौं जिल्ला अधिवेशन पश्चात पहिलो प्रतिनिधि परिषद बैठक डाकिएको थियो । 

भेलाका लागि एमाले उपाध्यक्ष चिन्तन तामाङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, सचिव पर्शुराम नेपालको संयोजकत्वमा प्रतिनिधि तथा मञ्च व्यवस्थापन र प्रतिवेदन लेखन उपसमिति, उपसचिव नैन विश्वकर्माको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन उपसमिति र प्रचार विभाग प्रमुख रविन कटेलको संयोजकत्वमा प्रचार तथा सञ्चार उपसमिति निर्माण गरेर तयारीको काम भइरहेको थियो । 

तर, एमाले धनकुटाले बिहिबार सूचना जारी गरेर प्रतिकुल मौसमका कारण कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो । 

एमाले जिल्ला अध्यक्ष शिव आङ्लाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।

View : 37

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved