Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रहरू (युएसजिएस र इएमएससी) का अनुसार नेपाली समयअनुसार बिहीबार बिहान ४ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशको संखुवासभास्थित खाँदबारीबाट उत्तर–पूर्वतर्फ केन्द्रविन्दु बनाएर बिहीबार बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रहरू (युएसजिएस र इएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ४ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

खाँदबारीबाट करिब ८६ किलोमिटर उत्तर–पूर्व (ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र तथा नेपाल–चीन सिमाना आसपास) केन्द्रविन्दु रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ ।

भूकम्पको धक्का कोशी प्रदेशका पहाडी जिल्लाहरूसहित तराईका झापा, मोरङ र सुनसरी तथा छिमेकी मुलुक भारतको सिक्किम र चीनको तिब्बत क्षेत्रसम्म महसुस गरिएको थियो ।

बिहान झिसमिसे उज्यालो नहुँदै भूकम्प गएकाले अधिकांश मानिस निद्रामा रहे पनि बिउँझिसकेका स्थानीय बासिन्दा धक्का महसुस भएपछि त्रसित बनेका थिए । यद्यपि, भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

View : 154

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved