Biratnagar, Morang, Nepal
१६ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, हेलिकप्टरबाट काठमाडौ लगिदै

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ अवस्था जटिल बनेपछि उपचारका लागि काठमाडौ लैजाने तयारी भएको छ ।

उनलाई लिन सेनाको हेलिकप्टर इलाम आउॅदै गरेको इलाम अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै   २५औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको अवस्था जोखिमपूर्ण रहेको चिकित्सकले बताएका छन् ।

अस्पतालले आइतबार सार्वजनिक गरेको विवरणअनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो ।

टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। पिसाबमा एसिटोनको मात्रा पनि बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको थियो। चिकित्सकीय भाषामा यसलाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ। अस्पतालका अनुसार केसीको रक्तचाप १००/६० एमएमएचजी छ ।

नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ ।

ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भीपीसी) समेत देखिएको विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै इलाम अस्पतालले आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

View : 54

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved