Biratnagar, Morang, Nepal
१६ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भोजपुरी समाजको शुभकामना आदानप्रदान

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । भोजपुरी समाज नेपाल, विराटनगरले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरस्थित जानकी सेवा सदनमा आयोजित कार्यक्रममा मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साह र कलवार कल्याण महासंघ नेपालका अध्यक्ष  अधिवक्ता पुनमकुमार गुप्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उमेशकुमार गुप्ताले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै भोजपुरी भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।


कार्यक्रममा नेपालमा धेरै बोलिने भोजपुरी भाषालाई राष्ट्रिय भाषाका रूपमा संरक्षण र प्रवद्र्धन गर्दै प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो ।

सो अवसरमा सञ्जय सिंह, राजेश गुप्ता, राजेन्द्र गुप्ता, विश्वनाथ भगत, कुशेश्वर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भोजपुरी भाषामा गीत, गजल तथा कविता प्रस्तुत गरिएको थियो ।

 वरिष्ठ समाजसेवी सिरयारामप्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै भाषा, संस्कृति र सामाजिक एकताका विषयमा जोड दिइएको थियो ।


 

View : 64

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved