Biratnagar, Morang, Nepal
८ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

'अक्षरभित्र चिन्तन' पुस्तककाे लोकार्पण

उद्‌घोष संवाददाता
७ कार्तिक २०८३, शनिवार

Advertisement

विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ ।

सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

 

कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए।

समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि समालोचना गरिएको छ।

यसमा सीमा आभास, छवि बैरागी घिमिरे, उमेश लुइटेल, बाबुराम पोखरेल, मधु पोखरेल, अर्जुन नेपाल, भवानीप्रसाद पोखरेल, लोचन रिजाल, हरिप्रसाद अधिकारी, चन्द्रकान्त भट्टराई, नानुमैंया दाहाल, अम्बिका खरेल उप्रेती, नेत्र खतिवडा, शैलेन्द्र घिमिरे, हेमसागर पोखरेल, सिजन श्रेष्ठ र भीम कोइरालाका कृतिहरूको समीक्षा समावेश छ।

सोही अवसरमा भीमेन्द्रबहादुर कार्कीको ‘श्यामवेद द्वितीय’ पुस्तकको पनि लोकार्पण गरिएको थियो।

View : 98

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved