Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

सन्दर्भ : दशौं राष्ट्रिय योग दिवस

स्वस्थ जीवनका लागि सरल र प्रभावकारी विधिहरू

स्वस्थ जीवनयापनका लागि सरल र प्रभावकारी उपायहरू अपनाउनु नै दीर्घकालीन सुख, शान्त र स्वास्थ्यको प्रमुख आधार हो। हाम्रो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका लागि अति उपयोगी केही महत्वपूर्ण अभ्यासहरू छन्। यस्ता अभ्यासहरू जीवनमा लागू गर्दा केवल सातदेखि पन्ध्र दिनमै सकारात्मक प्रभाव देख्न सकिन्छ।
सुरेश भट्टराई
१ माघ २०८१, मङ्गलवार

शरीर मन र स्वास्थ्यको लाभको लागि केही सामान्य विधिहरू  ः संसारमा जन्म लिएपछि एक दिन मर्नु त पर्छ । तर हामी बाँचुन्जेल कसरी खुशी भएर बाँच्ने नै हाम्रो उद्देश्य हो । तर पनि हामी अज्ञानताले दुःखी कस्टकर जीवन बिताइरहेका हुन्छौं ।

आज विश्वमा मान्छे कसरी स्वस्थ्य र समृद्ध बन्छ भनेर विभिन्न अनुसन्धान र अध्ययन भइरहेको पाइन्छ तर पनि पूर्ण सफलता पाएको छैन । आधुनिक विज्ञान र अध्यात्मक चिन्तन यसका लागि अगाडि बढिरहेको छ, साथै कैयौ कुरामा सफलता पनि भइरहेको देखिन्छ ।

यसै आधारमा मैले पनि केही अध्ययन र अनुभव गर्ने अवसर पाएको हुँदा मानिसलाई चाहिने वा गर्नु पर्ने साधारण कुराहरू दैनिक जीवनमा अपनाउन सके मानिस निरोगी र स्वस्थ रहन सकिने हुँदा मान्छेले दैनिक जीवनमा गर्न सकिने सामान्य नियमहरू यहाँ उल्लेख गर्न गइरहेको छु ।

यस सामान्य नियमहरूलाई दैनिक रूपमा लागू गर्न सकिएमा निश्चित रूपमा फाइदा पुर्‍याउने छ भन्ने विश्वास लिएको छु ।

दैनिक जीवनमा गर्नुपर्ने सामान्य नियमहरू

१. जति सक्दो बिहान सबेरै उठ्ने (४–५ बजेसम्म) उठ्नु भन्दा पहिले शरीरलाई हल्लाउने, तन्काउने, एकै चोटी नउठ्ने ।

२. उठेपछि  पहिले दिसा गर्ने आशन गर्ने,  पेनमा टुक्रुक्क ५–७ मिनेट बस्ने बस्न नसक्नेले बिस्तारै अभ्यास गर्ने । मन तातो १–२ ग्लास पानी बसेर पिउने वा ग्रिन टी वा  अदुवा, मरिच, तुलसीपत्ताको चिया पिउँदै बसे पनि हुन्छ ।

३. दिसा, पिसाव पछि स्नान गर्ने ।

४. व्यायाम, योग प्रणायाम ३०–६० मिनेट गर्ने ।

५. त्यसपछि साधारण नास्ता गर्ने, सके फलफूल मात्र खाने । कम्तीमा आधा घण्टा घाममा बस्ने ।

६. १ बजेभित्र खाना खाने (साधारण)

७. बेलुकी ६–७ बजे भित्र सादा खाना खाने ।

८. १० बजेभित्र सुत्ने ।९. खाली खुट्टा जमिनमा हिड्ने । (आधा घण्टा जति)

१०. करिब ६–७ घन्टा सुत्ने ।

११. करिब १२ देखि १६ घण्टा फास्टिङ (व्रत) बस्ने ।

१२ हप्तामा दिन व्रत वा फास्टिङ बस्ने अन्न नखाने । खाना पछि वा अघि करिब १ घन्टा पानी नखाने ।

१३. पानी खान माटोको फिल्टरमा तामाको सानो टुका, चाँदीको सिक्का र १–२ वटा रूद्राक्ष डुबाउने र सोही पानी दैनिक खाने अरू शुद्ध बनाऊन काक्रा, चुकुन्दर ४–५ टुका गाँजरको ४–५ टुत्रामा अमला २–४ वटा काटेर हाल्ने, धनिया पत्ता, पदिनाको पात, अदुवाको टुक्रा काटेर वा कुटेर हाल्ने, हरियो खोर्सानी एउटा काटेर २ लिटर पानीमा शिशाको गिलासमा १२ घण्टा भिजाउने र सो पानी खाली पेटमा विहान वा बेलुका पिउने । यो साहै नै स्वस्थ्यबर्द्धक विधि हो ।

यो दैनिक रूपमा पालना गर्न सके कुनै पनि रोग नलाग्ने र लाग्नबाट बाँच्न सकिन्छ । यसले मान्छेको रोग प्ररिर्धाात्मक शक्तिको स्तर (इम्युनिटी लेवल) बढाउँछ र शुद्धता ल्याउँछ ।

१४. सकारात्मक सोच राख्ने, मनोबल उच्च राख्ने, दुःखी नहुने ।

१५. जंक फूड, प्याकिङ फुड नखाने । सकेसम्म फलफूल वा सलादहरू खाने ।

१६. सकभर जनाबरजन्य खानेकुरा (एनिमल प्रोडक्ट) नखाने,

१७. सागपातको प्रयोग गर्ने र शुद्ध खाने तेलको प्रयोग गर्ने ।

अरू उदाहरणहरू धेरै छन ।

हाम्रो सामान्य जीवनमा यति मात्र गर्न सके हामीलाई पर्याप्त हुने छ र हामी सधैं निरोगी र स्वस्थ जीवन बिताउन सकिने छ । ’स्वस्थ जीवन नै सुखी जीवन हो ।’

द्रष्टव्य : कम्तीमा सातदेखि पन्ध्र दिनभित्रै यसको नतिजा आउन सुरू हुन्छ । 

जय गुरूदेव

(लेखक भट्टराई योग प्रशिक्षक हुन्, उनी आर्ट अफ लिभिङ तथा पतञ्जली योग केन्द्रसँग आवद्ध छन् ।)

View : 358

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved