विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्लाको उपसभापतिमा रञ्जू अधिकारीले उम्मेदवारी दिने भएकी छन् ।
पार्टीको १५ औं महाधिवेशनमा प्रतिनिधिको रुपमा निर्वाचित अधिकारीले उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।
उनी यसअघिको जिल्ला कमिटीमा कोषाध्यक्ष भएर जिम्मेवारी पूरा गरिसकेकी छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेकी अधिकारी सबैले रुचाएकी कार्यकर्तामा पर्छिन् । उनी विसं २०४६ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।
विद्यालयदेखि क्याम्पस हुँदै नेपाली कांग्रेसको पार्टीगत जिम्मेवारीमा उनी आएकी हुन् ।
यसअघि उनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नजिक रहँदै आए पनि पार्टीको विशेष महाधिवेशनपछि उनी पार्टीको संस्थापन पक्षमा खुलेर लागेकी हुन् ।
नेपाली कांग्रेस संस्थापन पक्षको जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुन बाँकी नै छ र मिति तोकिएको पनि छैन ।
तर, उम्मेदवार बन्नेहरुले भने आफ्नो नाम चर्चामा ल्याउन थालिसकेका छन् । प्रदेश र जिल्ला दुबैका उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
View : 146
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved