Biratnagar, Morang, Nepal
२७ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै

उद्‌घोष संवाददाता
२७ कार्तिक २०८३, शुक्रवार

Advertisement

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । 

कीर्तिपुर मैदानमा दिउँसो १२बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ । 

जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ। २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ ।

चितवनको ५ खेलबाट ५ अंक छ ।

५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्याउने छ। प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ ।

View : 28

२७ कार्तिक २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved