Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

‘महानगरका दश वर्ष अनुभव र उपलब्धि’ पुस्तक विमोचन

उद्‌घोष संवाददाता
७ मंसिर २०८३, सोमवार

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ११ को कार्यालयले प्रकाशन गरेको ‘महानगरका दश वर्ष अनुभव र उपलब्धि’ पुस्तक आइतबार विमोचन गरिएको छ ।

विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, पूर्व उपप्रमुख इन्दिरा कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा विराटनगर महानगरको परिचय, स्थापनाकालदेखि हालसम्मको नेतृत्व र तिनको योगदानको समीक्षा, १९ वटै वडाको परिचय, विगत १० वर्षमा भएका प्रयास, उपलब्धि, अनुभव र चुनौतीहरूलाई समेटिएको छ ।

पुस्तकका सम्पादक यज्ञ शर्माका अनुसार विराटनगर महानगरपालिकाको विगत एक दशकको अनुभव, विकास प्रयास र उपलब्धिलाई समेटेर पुस्तक प्रकाशन गरिएको हो ।

पुस्तक विमोचनपछि बोल्दै महानगर प्रमुख नागेश कोइरालाले महानगरपालिकाको विगतलाई बुझ्ने, वर्तमानको मूल्यांकन गर्ने र भविष्यको योजना बनाउन उक्त पुस्तक महत्वपूर्ण आधार हुने उल्लेख गरे ।

उपप्रमुख शिल्पा निराला कार्कीले उक्त पुस्तक आगामी मार्गचित्र बनाउन, योजना निर्माण गर्न, नीतिगत सुधार र प्रभावकारी कार्यसम्पादनका लागि महत्वपूर्ण सामग्री हुने बताइन् । 

पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले पुस्तकमा पछिल्लो एक दशक लामो अभ्यासको अनुभव, उपलब्धिसहित समग्र पक्षलाई प्राथमिकताका साथ समेटिएको बताउँदै वडाले पुस्तक प्रकाशनको लागि बनाएको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरिदिएकोमा आभार व्यक्त गरेका थिए ।

View : 38

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved