उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२, ताम्लिछा नक्रेपामा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा एक वृद्धको सर्वस्व गुमेको छ ।
सोमबार आज बिहान करिब ७ बजे अचानक भएको विद्युत् सर्टका कारण ६८ वर्षीय हर्कबहादुर राईको घरमा आगो सल्किएको थियो ।
हेर्दाहेर्दै आगोले पूरै घर खरानी बनाएको छ । एक्लो जीवन बिताउँदै आएका हर्कबहादुरको बस्ने बास र भित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि उनी विचल्ली भएका छन् ।
घटनालगत्तै खटिएको वडा कार्यालयको टोलीले पीडित राईलाई तत्कालका लागि ओढ्ने त्रिपाल र केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष जितेन राईका अनुसार गाउँपालिका तथा वडा कार्यालयको तर्फबाट केही दिनभित्रै थप राहत तथा सहयोग उपलब्ध गराइनेछ ।
घर पूर्ण रूपमा नष्ट भएपछि हाल हर्कबहादुर आफ्ना दाइका छोरा काजी राईको आश्रयमा बसिरहेका छन् ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved