Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ कांग्रेस उपसभापतिमा नितुको उम्मेदवारी घोषणा

उद्‌घोष संवाददाता
१२ कार्तिक २०८३, बिहिवार

Advertisement

सुन्दरहरैँचा । नेपाली कांग्रेस मोरङको आसन्न जिल्ला अधिवेशनमा उपसभापतिमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले उम्मेदवारी घोषणा गरेकी छन् । 

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएकी कोइरालाले पार्टीको जिल्ला नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् । 

मोरङको बेलबारी नगरपालिका–१ निवासी कोइराला नेपाली कांग्रेसको संगठनमा सक्रिय नेतृका रूपमा परिचित छन् । 

उनी नेपाली कांग्रेसको १औं  महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।

स्थानीय तहको नेतृत्व र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी कोइरालाको उपसभापति पदमा उम्मेदवारी घोषणालाई जिल्लाको पार्टी नेतृत्वमा महिला सहभागिता र नेतृत्व विकासका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

उनको उम्मेदवारीले जिल्ला तहको नेतृत्व चयनमा महिला नेत्रीहरूको दाबेदारीलाई थप चर्चामा ल्याएको छ ।

View : 43

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved