Biratnagar, Morang, Nepal
८ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

तेतरियामा आयोजित स्वास्थ्य शिविरबाट ३०० बढी लाभान्वित

उद्‌घोष संवाददाता
८ मंसिर २०८३, मङ्गलवार

विराटनगर । मोरङको तेतरियास्थित देवी माध्यमिक विद्यालयमा आयोजित निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविरबाट ३०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । 

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा तथा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पताल र रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा छाला तथा यौनरोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल फिजिसियन, फिजियोथेरापी र आँखा परीक्षण सेवा उपलब्ध गराइएको थियो । 

साथै, निःशुल्क ब्लड सुगर परीक्षण, ईसीजी, औषधि वितरण तथा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो । 

विशेषज्ञ स्वास्थ्य सेवा लिन विराटनगर पुग्नुपर्ने बाध्यता कम गर्दै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको न्युरो हस्पिटलले जनाएको छ । 

अस्पतालले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

View : 38

८ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved