Biratnagar, Morang, Nepal
१२ मंसिर २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेशस्तरीय भारोत्तलनको छनोट प्रतियोगिता सम्पन्न

११ मंसिर २०८३, शुक्रवार

विराटनगर । आगामी बुधबार (मङ्सिर १६) देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने भारोत्तोलन खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा विराटनगरमा सञ्चालित छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगिताका लागि स्थान सुरक्षित गर्ने महिला तथा पुरुष खेलाडीहरूको टुंगो लागेको हो ।

बुधबार र बिहीबार सम्पन्न भएका प्रतिस्पर्धात्मक छनोट खेलहरूबाट पुरुषतर्फ प्रान्तीक राजलवट (झापा), बलबहादुर माझी (इलाम), कर्ण चौधरी (मोरङ), दिवस मगर(इलाम), ट्विकल चौधरी (झापा), प्रसिद्धभक्त राजलवट (झापा), अर्जुनदेव राजवंशी (मोरङ) र कपलश्वर राजवंशी (मोरङ)छनोट भएका छन् ।

 आरक्षण (रिजर्व) तर्फ रुबेल राजवंशी मोरङ र दुर्गा विश्वकर्मा इलाम छनोट भएका छन् ।

 यसैगरी महिलातर्फ सोनीदेवी दास झापा, राधिका रेग्मी उदयपुर, विर्षिका राई इलाम, रीताकुमारी मगर उदयपुर, मासुभा खातुन झापा, सुनिता हस्दा मोरङ, अनिसा कुशवाहा मोरङ र कान्ता भुजेल  उदयपुर छनोट हुन सफल भएका छन् ।  

छनोट भएका खेलाडीहरूको प्रशिक्षण तथा व्यवस्थापनका लागि समेत जिम्मेवारी तोकिएको छ, जसअनुसार पुरुष टोली प्रशिक्षकमा मित्र साङ्पाङ (झापा) र महिला टोली प्रशिक्षकमा निर्मल रेग्मी (उदयपुर)चयन भएका छन् भने महिला तथा पुरुष दुवै टोलीको टोली व्यवस्थापकको जिम्मेवारी चिनकाजी थापा (मोरङ)ले सम्हाल्ने भएको भारोत्तन खेलाडी प्रमोद श्रेष्ठले बताए ।
 

View : 70

१२ मंसिर २०८३, शनिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved