विराटनगर । नेपाली कांग्रेस १५ औं नियमित महाधिवेशन पक्षधरले मंगलबार मोरङ जिल्ला अधिवेशन गरेको छ ।
नियमित महाधिवेशन पक्षधरका तयारी समितिका संयोजक शशांक कोइरालाले अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशन उद्घाटनमा नियमित महाधिवेशन पक्षधर नेताहरू नेता कृष्ण सिटौला, डा.प्रकाश शरण महत, बिमलेन्द्र निधि, मोहनकुमार बस्नेत लगायतका नेताहरू उपस्थित थिए ।
अधिवेशनको उद्घाटनका क्रममा विराटनगरको मेनरोडमा झाँकी समेत प्रदर्शन गरिएको थियो । जिल्ला समितिका संयोजक सुवास पौडेलको सभापतित्वमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।
View : 37
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved