Biratnagar, Morang, Nepal
२५ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
विचार

श्रीवैद्यनाथ धामको महिमा र बोलबम’ पदयात्रा

नारायणप्रसाद पोखरेल
२५ साउन २०८३, सोमवार

Advertisement

  ​हिन्दू सनातन धर्म-संस्कृतिमा आषाढ र श्रावण महिनालाई विश्वास, पवित्रता, सात्विकता र तीर्थयात्राको पवित्र समय मानिन्छ। अझ श्रावण महिना त शिवजीकाे लागि विशेष महिना मानिन्छ ।


यसै पावन अवसरमा यस वर्ष (२०८३ साउन १३ गते, बुधबार, गुरुपूर्णिमा) का दिन म, मेरो धर्मपत्नी सिर्जना र छोरा शिवांशसहित सरस्वतीटाेल, विराटनगर निवासि केवल पाेखरेल दाइ ( विराटनगर महानगरपालिकाका अधिकृत्) तथा विनाेद कामत ( महेन्द्र माेरंग क्याम्पसका कर्मचारी) दाइ,  वविता कामत भाउजुका साथमा छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यकाे दुम्का जिल्ला, देवघर नगरनिगम अवस्थित् हिन्दु धर्ममा भगवान् भाेलेनाथका १२ ज्योतिर्लिंगहरूमध्ये एक अत्यन्त प्रभावशाली तिर्थस्थल मानिने ‘श्री बाबा वैद्यनाथ धाम’ (रावणेश्वर ज्योतिर्लिंग) मा पवित्र जलार्पणका लागि यात्रामा निस्किएका थियौँ। 


विराटनगरबाट जाेगवनि पुगि दिउँसाेकाे २:४५(भारतिय समय) बजे जाेगवनि- पुर्णियाँ चल्ने पेसिन्जर-ट्रेनकाे टिकट रु. ५० गाेटामा खरिद गरि रेलमा चढि हामी विहारकाे पुर्णियाँ शहर पुगेर तहाँबाट भागलपुर वसस्टेण्डसम्म पुग्न " टाेटाे " चढेउँ । " टाेटाे " ले पुर्णियाँस्थित् भागलपुर-वसस्टेण्ड पुर्याएकाे प्रतिव्यक्ति रु. ३०/- लियाे । भागलपुर-वसस्टेण्ड पुगेर हामी भागलपुरका लागि विहार राज्यनिगमकाे सरकारी बससेवाकाे टिकट प्रतियात्रु रु. १२०/- तिरि बसमा चढेउँ ।


 भागलपुरकाे करिब ६ कि. मि. लामाे गंगापुल विगत केही महिनादेखि धसिएर मर्मत्काक्रममा रहेकाले ठुला सवारिसाधनहरुलाई पुल वर- पर नै राेकि स-साना दुईचक्के र चारचक्के हल्का सवारिहरुलाई मात्र एकतर्फीरुपमा गंगानदी वारपार गर्नदिंदाे रहेछ । जस्का कारण हामीपनि गंगापुल वारि नै राेकिई रु. १,३०० मा अटाे रिजर्भगरि करिब राति १०:३० वजेतिर सुल्तानगञ्ज गंगाघाट पुगेउँ र सुल्तानगञ्जमा एउटा धर्मशालाकाे काेठा भाडामा लिई केही घण्टा रात्री- विश्राम गरेउँ ।

सुल्तानगञ्जदेखि बाबाधाम( देवघर) पदयात्रा प्रारम्भ 
        हामीले मिति २०८३/०४/१३ गते बुधबार " गुरुपुर्णीमा" का दिन बाबा अजगवीनाथकाे दर्शन सहित्  पापमाेचनि, पित्रीउध्दारक, उत्तरवाहिनी पवित्र गंगानदिमा स्नान, ध्यान, तर्पण पश्चात् ब्राम्हणसंकल्प सहित गंगाजललाई पिठ्युंमा बाेकि ( केवल दाईले मात्र काँवरधारण गर्नुभयाे) विहानकाे ३:३० बजे करिब १०५ कि. मी. काे पैदलयात्रा प्रारम्भ  गरेउँ । 


१०५ किलोमिटरको याे कठिन बाेलबम पैदल-यात्रा केवल शारीरिक श्रम मात्र नभई भक्ति, साधना र आत्मसमर्पणको एउटा अद्वितीय आध्यात्मिक सङ्गम बन्यो।


​प्रामाणिक पुराणहरूका आधारमा श्री वैद्यनाथ धामको स्थापना कथा
​शिव पुराण (कोटिरुद्र संहिता, अध्याय २८), पद्म पुराण (उत्तर खण्ड) तथा आदि शङ्कराचार्यकृत द्वादश ज्योतिर्लिंग स्तोत्रम् मा श्री वैद्यनाथ ज्योतिर्लिंगको स्थापनाको रोचक पौराणिक पृष्ठभूमि उल्लेख छ:
* ​रावणको कठोर तपस्या र ‘वैद्यनाथ’ नामकरण: त्रेतायुगमा लंकापति रावणले भगवान् शिवलाई प्रसन्न तुल्याउन कैलाश पर्वतमा घोर तपस्या गरे। शिवजी प्रकट नभएपछि रावणले आफ्ना १० वटा टाउकाहरू एक-एक गरी काटेर शिवलिंगमा चढाउन थाले। जब उनी अन्तिम (दशौँ) टाउको काट्न लागे, भगवान् शिव प्रकट भई रावणको भक्तिबाट प्रसन्न भएर उनलाई रोक्नुभयो। शिवजीले रावणका काटिएका सबै टाउकाहरूलाई 'वैद्य' (चिकित्सक) को रूपमा पुनः जोडिदिनुभयो। त्यसैले भगवान् शिवको नाम ‘वैद्यनाथ’ (वैद्यहरूका पनि नाथ/ईश्वर) रहन गयो।


* ​अद्वितीय ज्योतिर्लिंगको वरदान र सर्त: प्रसन्न हुनुभएका शिवजीसँग रावणले वरदानस्वरूप भगवान् शिवको प्राणस्वरूप रहेको परम पवित्र ज्योतिर्लिंग मागे। भगवान् शिवले ज्योतिर्लिंग प्रदान गर्दै एउटा कठोर सर्त राख्नुभयो— "हे रावण! यो लिङ्गलाई बाटोमा हिँड्दा कतै पनि जमिनमा नराख्नु। यदि यो लिङ्ग जहाँ जमिनमा स्पर्श हुन्छ, यो त्यहीँ सधैँका लागि स्थापित हुनेछ।"


* ​देवताहरूको चिन्ता, गणेशजीको आगमन र ‘रावणेश्वर’: रावणले यो शिवलिङ्ग लंका पुर्‍याएमा उ अजेय हुनेछ भन्ने सोची देवताहरू चिन्तित भए। रावण देवघर (तत्कालिन चिताभूमि) को बाटो हुँदै जाँदै गर्दा भगवान् विष्णुले आफ्नो योगमायाद्वारा उसलाई तीव्र मूत्रत्यागको आभास गराइदिनुभयो। व्याकुल बनेका रावणले नजिकै एक वैश्य ग्वाला (गोठालो) को रूपमा उभिनुभएका भगवान् गणेश (वैजनाथ) लाई देखेर केही छिनका लागि शिवलिङ्ग हातमा समातिदिन अनुरोध गरे। गणेशजीले लिङ्ग हातमा लिएर रावण नआउँदै त्यसलाई जमिनमा राखिदिए। ​फर्केर आएपछि रावणले सम्पूर्ण शक्ति लगाएर लिङ्ग उखेल्न खोज्यो, तर लिङ्ग हलचल भएन। रिस र हताशामा रावणले आफ्नो अङ्गुठाले शिवलिङ्गलाई दबाएर भासबल गरिदियो (अझै पनि वैद्यनाथ धामको शिवलिङ्गमा औँठाको निशान स्पष्ट देखिन्छ)। रावणकाे आफ्नै हातबाट स्थापित भएकाले यसलाई ‘रावणेश्वर ज्योतिर्लिंग’ पनि भनिन्छ।


 बोलबम पदयात्राका विविध रूपहरू​:
     बाबाधाम पैदल यात्रामा जाने भक्तजनहरू (कावडिया बमहरू) ले आफ्नो सङ्कल्प, सामर्थ्य र नियम अनुसार मुख्यतया तीन प्रकारले यात्रा गर्छन्:


​क) सामान्य कावडिया बम (सामान्य यात्री) : भक्तजनहरूले सुल्तानगञ्जबाट जल उठाएर २ देखि ४ दिनको समय लगाएर, बाटाका विभिन्न स्थानमा विश्राम गर्दै, भजन-कीर्तन गर्दै सात्विक रूपमा यात्रा पूरा गर्छन्। हामीले पनि यही विधि अपनाएर जलार्पण सम्पन्न गर्यौँ।


.ख) डाक बम (निरन्तर धावक यात्री) : जल उठाएका क्षणदेखि मन्दिरमा जल नचढाएसम्म उनीहरू बाटोमा कतै पनि रोकिँदैनन्। करिब १२ देखि २२ घण्टाको निरन्तर दौड वा तीव्र पैदल यात्रा गरेर उनीहरूले यात्रा पूरा गर्छन्। मल- मुत्र त्याग गरिए वा यात्राका क्रममा राेकिए डाकबम ताेडीएकाे मानिन्छ र उनीहरु स्वतः सामान्य बममा रुपान्तरित् हुन्छन् । र
ग) ​दण्डीबम (दण्डवत् प्रणाम गर्दै जाने यात्री) : भक्तहरूले सुल्तानगञ्जदेखि देवघरसम्मको दूरी सिंगै शरीरले जमिनमा दण्डवत् प्रणाम गर्दै नापेर पार गर्छन्। यो यात्रा पूरा गर्न २०/२५ दिनदेखि महिनाौँ दिनसम्मको समय लाग्छ। कठाेर यात्राकाे रुपमा रहेकाे दण्डिबम दृढ संकल्प सहितकाे उत्कृष्ट बाेलबम यात्राका रुपमा परिचित छ ।


 हाम्राे पैदल-यात्रा वृतान्त तथा सुल्तानगञ्जदेखि बाबाधामसम्मको काँवरिया पदमार्ग (क्रमगत दूरी) :
  सुुल्तानगञ्जदेखि बाबाधामसम्मकाे दुरी सामान्यतया: १०५ कि. मि. मानिन्छ । तर, सुल्तानगञ्जकाे जल उठाईने गंगा-घाटदेखि सुल्तानगञ्ज बजारकाे '०' बिन्दु पुग्न अनि बाबाधाम( देवघर) प्रवेशकाे बजारकाे '०' बिन्दु देखि मुख्य मन्दिरसम्मकाे दुरिसमेतलाई जाेड्ने हाे भने सबै मिलाएर करिब जम्मा ११५-१२० कि. मि. सम्मकाे पैदल यात्रा सम्पन्न गर्नुपर्ने हुनजाान्छ । जस अन्तर्गत्, पक्का-सडकमार्ग, नहरमार्ग, पहाड, नदिनाला, उकाला-ओराला, वनक्षेत्र, वजारक्षेत्र, वस्तिक्षेत्र आदी पर्दछन् ।

काँवरीपथमार्गकाे मुख्य मुख्य स्थानहरु तथा तीनका दुरिकाे बारेमा सरल तवरले तपशिलमा उल्लेख गरिन्छ:


क्र.सं.    मुख्य स्थानको नाम    अघिल्लो स्थानबाट दूरी    कुल दूरी (करिब)    स्थानको मुख्य विशेषता / महत्त्व
१.    सुल्तानगञ्ज (अजगैवीनाथ)    ० कि.मी.    ० कि.मी.    यात्राको सुरुआती बिन्दु, उत्तरवाहिनी गङ्गाबाट जल उठान।
२.    कमराई (Kamrai)    ६ कि.मी.    ६ कि.मी.    यात्रा सुरु गरेपछिको पहिलो सानो विश्रामस्थल।
३.    असारगञ्ज (Asarganj)    ७ कि.मी.    १३ कि.मी.    कमराई हुँदै पुगिने मुख्य बजार र विश्रामस्थल।
४.    तारापुर (Tarapur)    ८ कि.मी.    २१ कि.मी.    ठूलो विश्राम स्थल तथा विशाल धर्मशाला भएको क्षेत्र।
५.    रामपुर (Rampur)    १० कि.मी.    ३१ कि.मी.    पदयात्रीहरूका लागि मुख्य रात्रि विश्राम तथा भोजन स्थल।
६.    कमरसार (Kamarsaar)    १२ कि.मी.    ४३ कि.मी.    काँवरिया पथको मुख्य पडाव।
७.    सुइया पहाड (Suiya)    १५ कि.मी.    ५८ कि.मी.    कठिन उकालो तथा भिरालो पहाडी क्षेत्र।
८.    इन्द्रवान / साहेबगञ्ज    १४ कि.मी.    ७२ कि.मी.    पहाड कटेपछिको शीतल र समतल विश्रामस्थल।
९.    गौरीयाडी (Gauriyadi)    १२ कि.मी.    ८४ कि.मी.    झारखण्ड सीमा नजिकैको पवित्र नदी किनार र विश्रामस्थल।
१०.    नयाडिह (Nayadih)    १० कि.मी.    ९४ कि.मी.    देवघर प्रवेश गर्नुअघिको अन्तिम मुख्य विश्राम पडाव।
११.    देवघर (बाबा वैद्यनाथ)    १०–१२ कि.मी.        

 

३.क) पहिलाे दिनकाे यात्रा:
       हामीले २०८३ साउन १३ गते (बुधबार - गुरुपूर्णिमा) का दिन बिहान ३:३० बजे पवित्र गङ्गाजल उठाई ‘बोल बम! बोल बम!’ को दिव्य उच्चारण र भजन-कीर्तनका साथ पदयात्रा सुरु गर्यौँ।
अल्छी, भद्दा शरीर, खालिखुट्टा पैदल हिंडाई, केहिसमय अघिकाे घुंडाकाे दुर्घटना, अनि शारीरिक व्यायामकाे निरन्तरताकाे कमिका कारण व्यक्तिगतरुपमा मलाई शुरुदिनदेखि नै पैदलयात्रामा कठिनता उत्पन्न हुनथाल्याे । मेरिउनी श्रीजनाजीलाई पनि खुट्टामा पानिफाेका उठ्दै फुट्दै गर्नाले यात्रा कठिन नै भयाे । छाेरा शिवांश भने पहिलाेपटक हिंड्दापनि वालक उमेर, उमंग, उत्साहजनक रमाईलाेपनका कारण हामीले कल्पिए भन्दा फरक तवरले हिंडिरहे । 
उता, फुर्तिलो शरीर, निरन्तरताकाे भ्रमण व्यवहार अनि अनुभवका कारण केवल पाेखरेलदाइ, विनाेद कामत दाइ अनि वविता कामत भाउजू हामी जाेईपाेईकाे चालढालभन्दा झण्डै तेब्बर-चाैबल रफ्तारमा हिड्नुहुन्थ्याे । फलस्वरूप, घरबाट हिंड्दा संगसंगै हिंड्ने र संगै यात्रा तय गर्ने सल्लाहगरियता पनि यात्राकाे प्रारम्भिक चरणमा नै हामी ६ जना सबै संगसंगै रहि हिड्न नसक्ने भयाैं । हुन त, विगतमा अहिलेकाे वाटाकाे अवस्थाभन्दा खराब र दयनिय अवस्थामा पनि करिब १५/१६ पटक विभिन्न अवस्था र रुपमा मैंले बाबाधाम पैदलयात्रा पूरा गरेंकाे छु । जल उठाएकाे २ दिन, २.५ दिन, ३ दिन, ४ दिन र ५ दिनमा पनि पैदलै हिंडेर जल चढाईयाे । तर, याे पटक वाटाकाे उत्तम व्यबस्था, अनुकुल माैसम अनि छाेटाे नयाँ पैदलपथ निर्धारित हुँदाहुँदै पनि म र मेरिउनीलाई यात्रा सहज र अनुकुल रहेन । अतः, मैंले नै आदरणीय दाईहरुलाई अब आ- आफ्नै रफ्तार र ढंगमा अघि बढ्न अनुराेध गरें र पहिलाेदिनकाे आधावेलादेखि नै हामी ३ जना(आमा-बा- छाेरा) दाईहरुबाट पिछडिन बाध्य भयाैं । बरु बिस्तारै जाने, आराम गर्दै जाने तर पैदल यात्रा संकल्पलाई नटुटाउने अर्थात् हिँडेरै पुग्ने हाम्राे पारिवारिक सल्लाह भयाे । नचाहँदा नचाहँदै भारिमनले दाईहरुसंगबाट हामी अलग्गियाैं र हजाराै भाेलेभक्तहरुकाे भिंडमा मिस्सिदै हाम्रै रफ्तार र अवस्थामा हामी अघि बढ्दै गयाैं ।
घरमा दुई दुईवटा भारतिय सिम हुँदाहुँदै पनि तनावपूर्ण सञ्चारमाध्यमबाट तथा सामाजीक सञ्जालबाट टाढिएर केहिदिनभएपनि आध्यात्मिकतामा पुर्णरुपले डुबिन मनभएर याे पटक मैंले आँफुसंग बाेकेकाे माेवाईलमा भारतिय सिम लगाईन । केवल स्मृतिका लागि फाेटाे खिच्न माेवाईल चाहिँ बाेकेकाे थिएँ ।
पहिलाेदिनकाे हाम्राे यात्रा करिब ३१ कि. मि. काे दुरि तयगरि " कुमारसार नदितट ( नदि करिब ४ कि. मि. पर छ)" पुगेर बिसाईयाे अर्थात् रात्रीविश्राम गरिएकाे थियाे । आवश्यक मल्हमपट्टि गर्ने, ओैषधिमुलाे सेवनगर्ने, तथा सात्विक भाेजन ग्रहण गरेपश्चात् हामी सुतियाे ।

३.ख) दाेश्राे दिनकाे यात्रा:
जल बाेकि पैदलयात्रा गरेकाे दाेश्राेदिन अर्थात् २०८३ साउन १४ गते बिहिबार बिहान ३:१५ बजे हामीले हिँड्न शुरु गरेउँ । बाटामा आराम गर्दै, खाजा- खाना लिँदै, नाच-गानमा समावेश हुँदै आनन्दका साथ हामी हिँडिरहेउँ ।
दाेश्राेदिन कुमारसारनदितटबाट प्रारम्भ गरि सुल्तानगञ्जदेखि करिब कि. मि. काे यात्रा पुरागरि हामीले सुईया र अबरखियाकाे विचमा एक धर्मशालामा पुगेर पैदलयात्रा विश्राम गरियाे । 
३.ग) तेश्राे दिनकाे यात्रा:
 तेश्राेदिन अर्थात् २०८३ साउन १५ गते शुक्रबार भने श्रीमतीजिले झुक्किएर हामिलाई ३ बजिसकाे भनेर १ बजे नै व्युझाईन् । उठेर नित्य झैं विहानकाे नित्यकर्म सकेर जललाई जगाई आरति गरि बाटाे लाग्दा २ बजेकाे रहेछ । काँवरिया पैदलमार्गभरि दुबैतर्फ एकहातै जस्ताे खालि नराखि दाेहाेराेलत्ताे पसल, हाेटल, सिविर, धर्मशाला भएकाे, उचित् शाैचालय र स्नानघरकाे व्यबस्था, चाैबिसैघण्टा झलल वत्ति भएकाे र ताँतिका ताँति बमहरु हिँडिरहेका कारण छिटै हिंडिएता पनि डर, त्रास, भय भने रहेन । हामी ५ बजेसम्म हिडेउँ ।
 रअ चाँहि ३:१५ बजे हामीले हिँड्न शुरु गरेउँ । बाटामा आराम गर्दै, खाजा- खाना लिँदै, नाच-गानमा समावेश हुँदै आनन्दका साथ हामी हिँडिरहेउँ ।
दाेश्राेदिन कुमारसार नदितटबाट प्रारम्भ गरि सुल्तानगञ्जदेखि करिब कि. मि. काे यात्रा पुरागरि हामीले सुईया र अबरखियाकाे विचमा एक धर्मशालामा पुगेर पैदलयात्रा विश्राम गरियाे । अब भने लगभग १२/१३ कि.मि. काे मात्र दुरि हिँड्न बाँकि रहेकाे छ ।

३.घ) चाैथाे ( जलप्रवाह) दिनकाे यात्रा:
    जल बाेकि पैदलयात्रा गरेकाे चाैथाे दिन अर्थात् २०८३ साउन १६ गते शनिबार बिहान २:४५ बजे नै हामी नित्यकर्म सकि पैदल यात्रा हिँड्न शुरु गरेउँ । लगभग १२/१३ कि.मि. काे मात्र दुरि हिँड्न बाँकि रहेकाेमा हामीमा उत्साह, उमंग र खुसियालि छाएकाे थियाे । माैसमले पनि राम्राे साथ दिएकाेले अझ हामीमा वेलैमा पुगि जल चढाउने हुट्हुटि थियाे । 
पैदल हिँड्न प्रारम्भगर्दा के कसरी पुगिएला तथा पैदलयात्रा गरि जल चढाउने लक्ष्यभेदन कसरी हाेला(?) भन्ने भयबाट समेत मुक्त भएकाे अनुभूती भएकाे थियाे । मैंले दुबै खुट्टाको घुँडामा र पिँडुलामा याँगलेट लगाएर अनि श्रीमतीजीकाे दुबै पैंतालामा फाेका उठ्दै फुट्दै गरेतापनि खालिखुट्टामा नै हिँडेर दु:ख र पीडा सहँदै हामीले लक्ष्य अनुरपकै दुरि पारगरिरहेकामा हामी दुबै खुसि नै थियाैं भने छाेरा शिवांशले पैंताला नपाेलाेस् भनेर याँगलेट लगाएता पनि उस्काे हिंडाई झन् हामीले कल्पना गरेभन्दा सहज र सफल थियाे ।
भगवान्काे कृपाले हामी तिनैजना रमाउँदै, छिन्छिन् आराम गर्दै, खाजा चिया लिँदै, नाच-गानमा समावेश हुँदै आनन्दका साथ हिँडिरहेउँ । जल साेहिदिन चढाउने लक्ष्य रहेकाले बाटामा अन्न र खानाहरु चाहिँ खाईएन ।
यसरी, जल उठाएर निरन्तर ३.५ दिनको पैदल यात्रा पूरागरी २०८३ साउन १६ गते (शनिबार) बिहान १०:५५ मा शिवगंगा पुगियाे र बाटामा जानअन्जानमा गरिएका पापकर्महरु पखालिने अनि शारिरिक पिडाहरु समेत हट्ने विश्वासमा शिवगंगामा महास्नान गरि जल चढाउन साेझै मन्दिर तिर लागियाे । जम्मा १०/१५काे पंक्तिमा बसेर ठ्याक्कै ११:४७ बजे बाबा वैद्यनाथको पवित्र ज्योतिर्लिंगमा पवित्र गङ्गाजल प्रवाह (अभिषेक) गर्यौँ। शरीर रुवा झैं हलुंगाे भएझैं लाग्याे । महायज्ञ समापन गरेर अपार हर्षभएझैं तीनैजना पुल्कित् भयाैं । आँगनमा आएर कुलपितृ र भगवान्प्रति कृतज्ञता अर्पण गर्दै साष्टांग दण्डवत् गरियाे । घरदेखि बाेकेकाे धुपवात्ति सहित शिव- पार्वती लगायत् तहाँ विराजित् सबै देव-देविहरुलाई आरती गरियाे । हाम्राे हर्षकाे सिमा रहेन । खुसिले एकअर्काका आँखाबाट वरर् आँसु समेत झर्नपुगे । जे हाेस्, विश्वास् र हिम्मतकासाथ गरेकाे कर्मले विनाअवराेध सार्थकता प्राप्त गरेकाे देख्दा हामी आँफै छक्क पर्याैं । भगवान्प्रतिकाे आस्था र विश्वास अझै बढेर आयाे ।
मन्दिर परिसरमा केहिबेर बसेर हामी बाहिर आई केही प्रसाद खरिद गरि भाेजन गर्न लाग्याैं । अबभने हामीलाई घरफिर्न हताराे लाग्याे । बाबाधाम( देवघर) बाट ठिक ३ बजे भागलपुरकाे सरकारी बस खुल्दाे रहेछ। त्यसैकाे ३ वटा टिकट रु २००/- प्रतिव्यक्ति खरिदगरि बस चढियाे र उक्त बसले हामीलाई भागलपुरकाे जिराे माईलमा नवगछिया रेलस्टेशन जान सहज हुनेगरि राति करिब ८:३० मा राेकिदियाे । तहाँबाट " टाेटाे" लिई नवगछिया रेलस्टेशन गईयाे । सानाे सानाे भएपनि नवगछिया रेलस्ट्शन सफा र व्यबस्थित् रहेछ । 
राति ११:३५ मा तहाँबाट कटिहारकाेलागि पेसेन्जर रेल खुल्दाेरहेछ । साेनापुर- जाेगवनि पेसेन्जर ट्रेनमा टिकट लियाैं । बाेलबमका यात्रिहरुले टिकट काट्नुपर्दैन भन्थे अरुले तर हामीले रु ६०/- मा ३ वटा टिकट लिएर चढेउँ । रेलमा मज्जाले सुतेर हिँड्दा कटिहार विहान १:४५ मा पुगियाे । कटिहारबाट जाेगवनिकाे लागि धेरैवटा रेल छन् । तीमध्ये विहान ४:४० काे पेसिन्जर रेल चढियाे र हामी २०८३/०४/१७ गते आईतबार विहान ७:३५ मा जाेगवनि पुगियाे । तहाँबाट सिटि मार्फत् घरछाडेकाे ६ दिनका दिन सकुशलरुपमा घर: टंक-मञ्जरी कुटी छिरियाे ।

४. बाटोको सेवा, व्यवस्थापन र सात्विकता
​सुल्तानगञ्जदेखि देवघरसम्मको सम्पूर्ण मार्गमा भक्तजनहरूका लागि अचम्मको व्यवस्थापन गरिएको थियो:
* ​निःशुल्क भण्डारा र धर्मशाला: बाटोभरि तातो भोजन, शुद्ध खानेपानी, चिया-नास्ता, आरामदायी टेन्ट र पक्की धर्मशालाको निःशुल्क व्यवस्था थियो।
* ​स्वास्थ्य र खुट्टा मालिस: निरन्तर खाली खुट्टा हिँड्दा आउने फोका र मांसपेशीको दुखाइका लागि ठाउँ-ठाउँमा मेडिकल क्याम्प र स्वयम्सेवकहरूद्वारा निःशुल्क खुट्टा मालिस (Foot Massage) को व्यवस्था थियो।
* ​सफा बालुवाको मार्ग: पदयात्रीहरूलाई काँडा र ढुङ्गा नबिझोस् भनेर सम्पूर्ण बाटोमा मसिना बालुवा बिछ्याएर निरन्तर पानी छर्कने काम गरिएको थियो।

 

समग्रमा  ​सुल्तानगञ्जको गङ्गा तटदेखि देवघरको पवित्र ज्योतिर्लिंगसम्म 'बोल बम! बोल बम!' को गुञ्जायमान ध्वनि, असीम श्रद्धा र सात्विक वातावरणका बीच गरिएको यो पदयात्राले हामीभित्रको अहङ्कारलाई समाप्त पारी धैर्य र सहनशीलता सिकाएको छ। पारिवारिक सुख-शान्ति र बाबा वैद्यनाथको असीम कृपाका लागि गरिएको यो यात्रा हाम्रो सम्पूर्ण परिवारको जीवनकै एक अविस्मरणीय र पावन अनुभव बनेको छ।
​हर हर महादेव! बोल बम!


          (लेखक  नारायणप्रसाद पोखरेल पूर्वाञ्चल विश्वविद्यालयका प्रसाशकीय  अधिकृत  हुन् । )

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved