रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो ।
पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा दुवैतर्फी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ ।
रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो ।
यसैबीच, बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट लेदो र पहिरो आएर सडक ठूलो मात्रामा पुरिएको थियो । वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ ।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट काठमाडौं आउँदै गरेका यातायातका साधन बाटोमै रोकिएका थिए । काठमाडौंबाट पूर्वतर्फ गएका सवारीसाधन भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन खुर्कोटमा रोकिएका थिए ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved