विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा केशर कुमार बुढाथोकी निर्वाचित भएका छन् ।
बुढाथोकीले २७२ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुकेश कुमार उपाध्यायले जानकारी दिए । उनका प्रतिस्पर्धी कमल प्रसाद गौतमले १३२ मत प्राप्त गरेका छन् ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा र तृतीय उपाध्यक्षमा मिलन कुमार बस्नेत निर्वाचित भएका छन् ।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा निर्वाचित कार्कीले २४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत पाएका छन् । द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटाले २३३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी ऋषिकेश रिजालले १५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, तृतीय उपाध्यक्षमा मिलन कुमार बस्नेत २६२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रमेश पौडेल ९दिनेश० ले १३४ मत प्राप्त गरेका छन् ।
महासचिवमा सन्तोष कुमार बस्नेत निर्वाचित भएका छन् । उनले २८७ मत प्राप्त गर्दा प्रतिस्पर्धी दुर्गा बहादुर बुर्जा मगरले ११५ मत प्राप्त गरेका छन् ।
उपमहासचिव ९नीतिगत० मा लिला प्रसाद गुरागाईं २४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी योगराज दाहाल ९चन्दन० ले १४९ मत प्राप्त गरेका छन् । उपमहासचिव ९आन्तरिक० मा चन्द्र पाठक २४० मतसहित निर्वाचित हुँदा इन्द्र कुमार कार्कीले १५३ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरेका छन् ।
सहकोषाध्यक्षमा मनोज कुमार राई २३३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी दिल बहादुर गुरुङले १६१ मत प्राप्त गरेका छन् ।
यसैगरी, कार्यसमिति सदस्यतर्फ लक्ष्मी श्रेष्ठ ३६१ मतसहित सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । सदस्यमा उत्तम कुमार पौडेलले ३५४, सुप्रिम राईले ३४२, रणबहादुर कार्कीले ३०८, चन्द्रशेखर सुवेदीले २६३, तिलकराज पोखरेल ९मनहर० ले २५६, गणेश प्रसाद यादवले २५४ र सन्त कुमार मेहताले २५३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
सदस्य पदका पराजित भएका अर्जुन शेर्पाले २४५ र गोपाल बहादुर बस्नेतले २४३ मत प्राप्त गरेका हुन् ।
View : 65
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved