Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

यस्तो रह्यो ५८औं राधाकृष्ण रथयात्रा (फोटो)

बाबुराम भण्डारी
१ भदौ २०८२, आइतवार

विराटनगर, १ भदौ । विराटनगरमा निस्किएको राधाकृष्ण रथयात्रामा मानवसागर उर्लिएको छ । विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्कनु अघि नै सयौं झाँकीले ढाकिएको विराटनगरको सडक यतिबेला रथयात्राको उमंगमा छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो रथ तीन बजेपछि मन्दिर परिसरबाट निस्केको थियो। तर, त्यसअघिदेखि नै सडकमा झाँकी प्रदर्शन, भजन प्रस्तुती लगायतका समूहको बाक्लो उपस्थिति भइसकेको थियो। आज निस्केको रथयात्रा ५८ औं संस्करणको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रामा मोरङ, सुनसरी,सीमावर्ती भारतीय राज्य बिहारबाट पनि हजारौं श्रद्धालु सहभागी हुने गरेका छन् ।

विराटनगरमा पहिलोपटक राधाकृष्ण रथयात्रा विक्रम संवत १९८८ मा सुरु भएको थियो ।

विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा प्रारम्भमा खटयात्राको स्वरुपमा निस्कने गरेको थियो ।

त्यसलाई २०२२ सालदेखि बयलगाडामा निकाल्न थालिएको थियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि रथयात्राको सुरुवात भएको थियो । कोभिडकालमा भने रथयात्रा निकालिएको थिएन ।

आजको रथयात्राले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ ।

View : 710

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved