विराटनगर । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्रीसहित लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ ।
उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाले उपभोक्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ ।
एलजी वाटर प्युरिफायरमा विभिन्न चरणको पानी शुद्धीकरण प्रविधि, आरओ प्रणाली तथा मिनरल बुस्टर समावेश छन् । यसको आठ लिटर क्षमताको ट्याङ्कीमा एयरटाइट कभर र लकिङ प्रणालीसमेत रहेको छ ।
कम्पनीका अनुसार यसमा पहिलो वर्ष दुई पटक निःशुल्क सेवा, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भार तथा दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराउने सुविधा छ । साथै, दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ईएमआई सुविधासमेत उपलब्ध गराइएको छ ।
नेपालमा एलजी उत्पादनको आधिकारिक राष्ट्रिय वितरक सीजी इलेक्ट्रोनिक्सले उन्नत प्रविधि र ग्राहक सेवामार्फत वाटर प्युरिफायरलाई उपभोक्तामाझ स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।
View : 32
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved