Biratnagar, Morang, Nepal
७ मंसिर २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षा क्षेत्रमा कोशी प्रदेशमै उत्कृष्ट काम गरेको भन्दै सुन्दरहरैँचा नगरपालिका सम्मानित

उद्‌घोष संवाददाता
६ मंसिर २०८३, आइतवार

सुन्दरहरैँचा । शिक्षा क्षेत्रमा गरेको काम तथा उपलब्धीको मूल्यांकनका आधारमा मोरङको सुन्दरहरैँचा नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित भएको छ ।

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा सुन्दरहरैँचा नगरपालिकालाई कोशी प्रदेशका नगरपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको हो ।

धनुषाको जनकपुरमा आयोजित सम्मेलनमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं र शिक्षा शाखा प्रमुख तेजप्रसाद आचार्यलाई उत्कृष्टताको प्रमाणपत्र तथा अवार्ड प्रदान गरेका थिए ।

शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी, विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन तथा समग्र शैक्षिक गतिविधिमा पु¥याएको योगदानको मूल्यांकनका आधारमा सुन्दरहरैँचालाई उत्कृष्ट घोषित गरिएको जनाइएको छ ।

नगरप्रमुख गुरागाईंले सोे सम्मान शिक्षा क्षेत्रसँग जोडिएका शिक्षक, विद्यालय, अभिभावक, विद्यार्थी तथा सरोकारवाला सबैको साझा प्रयासको उपलब्धी भएको बताएका छन् । 

उनले सो सम्मानले नगरपालिकालाई शिक्षा क्षेत्रको सुधार, गुणस्तरीय शिक्षाको विकास र शैक्षिक उपलब्धि वृद्धि गर्न थप प्रेरणा मिलेको उल्लेख गरेका छन् ।

View : 37

७ मंसिर २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved