झापा । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि झापामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेक(जाँच) गर्ने क्रममा स्वरूप परिवर्तन (मोडिफाइड) गरी चर्को आवाजमा चलाइएका दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका हुन् ।
प्रहरीले ती सवारीसाधनमा गैरकानुनी रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरी नियन्त्रणमा राखेको जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी कारबाहीसमेत गरिएको छ ।
ट्राफिक प्रहरीले कानुनविपरीत सवारीसाधनको स्वरूप परिवर्तन नगर्न र चर्को आवाज निकाल्ने गरी नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै, ट्राफिक नियमको पालना गरी सभ्य तथा जिम्मेवार नागरिकको परिचय दिन पनि प्रहरीले अनुरोध गरेको छ ।
View : 32
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved