रंगेली । मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका पूर्वविद्यार्थी सूर्यबहादुर खड्काले विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।
उनले २४ सेट खेलकुद जर्सी चारवटा भलिबल, नि क्याप लगायतका ३५ हजार रूपैयाँ बराबरको सामग्रीहरू विद्यालयलाई प्रदान गरेका हुन् ।
मंगलबार विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले खेलकुद शिक्षक विजयप्रभात खवासलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
२०६९ सालको प्रवेशिका परीक्षामा खड्का प्रथम श्रेणीमा उत्तीर्ण हुँदै विद्यालय प्रथम भएका थिए ।
विद्यालयको आर्थिक अवस्था दयनीय भएकाले विद्यालयको खेलकुद विकासका लागि सहयोग गरेको उनले बताए । हाल खडका वैदेशिक रोजगारका लागि विदेशमा रहेका छन् ।
View : 39
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved