Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग

उद्‌घोष संवाददाता
१५ कार्तिक २०८३, आइतवार

Advertisement

धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ । 

मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर बढेको हो । 

मौसम खुलेपछि यात्रुहरू ढुक्क भएर यात्रामा निस्किएका छन् । राजमार्ग छेउछाउमा सवारी कुरेर बसेका यात्रुहरु पनि प्रशस्तै देखिन्छन् । 

राजमार्गमा निजी तथा हलुका सवारी, यात्रुवाहक बस तथा मालबाहक ट्रकहरू साबिकभन्दा बढी संख्यामा सञ्चालन भइरहेका छन् भने दुईपाङ्ग्रे सवारी चालकहरू पनि सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।

View : 19

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved