Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नन्दलाल–चन्द्रकला भण्डारी स्मृति कोषद्वारा गुरुकुललाई ४२ हजार

उद्‌घोष सम्वाददाता
१२ वैशाख २०८२, शुक्रवार

विराटनगर । विराटनगर–३ स्थित नन्दलाल–चन्द्रकला भण्डारी स्मृति कोषले आफ्ना पितृहरूको स्मृतिमा गुरुकुल स्कुलका छात्रछात्रालाई सहयोग प्रदान गरेको छ ।

कोषले विराटनगर र तनहुँको देवघाटस्थित गुरुकुल स्कुलमा अध्ययन गरिरहेका छात्रछात्रालाई भोजन र बस्त्रका लागि बिहीबार ४२ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कोषले क्यान्सरपीडित प्रेमराज भण्डारीलाई २० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । 

त्यसैगरी विराटनगरमा भजन कीर्तन र सप्ताह ज्ञान महायज्ञ लगायतका धार्मिक कार्यक्रमका लागि २५ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरेको कोषका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले जानकारी दिए । 

सोही अवसरमा ९० वर्षीय ज्येष्ठ नागरिक टंकनाथ सुवेदीलाई सम्मानित गरिएको उनले बताए ।

खोटाङको सिम्पानीस्थित गणेश मन्दिर पूजा व्यवस्थापन समितिलाई ५ हजार एक सय रुपैयाँ सहयोग गरिएको जनाइएको छ । 

कोषले यसै वर्ष दुई जना विद्यार्थीलाई १२ हजार पाँच सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । 

बद्रिनाथ–नर्वदा र लेखनाथ–रामकुमारी भण्डारी परिवारले १४ लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याज रकमले  बर्सेनि सामाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । 

कोषको वार्षिक कार्यक्रमका अवसरमा व्यासाचार्य पं.भवानीशंकर निरौला, भण्डारी परिवारका ज्येष्ठ सदस्य नारायणप्रसाद भण्डारी, पं.कृष्ण ढकाल र पं.चक्रपाणी नेपाल लगायतको उपस्थिति रहेको थियो ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved