Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आधारभूत पत्रकारिता तालिम सुरु

उद्‌घोष संवाददाता
२७ जेठ २०८२, मङ्गलवार

विराटनगर । पत्रकारिता क्षेत्रका नवप्रवेशीहरूलाई सोमबारदेखि आधारभूत पत्रकारितासम्बन्धी सात दिने तालिम विराटनगरमा सुरु गरिएको छ । 

नेपाल पत्रकार महासंघ मोरङको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आधारभूत पत्रकारिता तालिम सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासमा तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

सरकारले आगामी आर्थिक वर्षदेखि सरकारले पत्रकारिता क्षेत्रमा प्रादेशिक सञ्चार प्रतिष्ठानमार्फत तालिम आयोजना गर्ने बताए । प्रतिष्ठान गठनका लागि सरकारले संसदमा रोकिएको आमसञ्चार विधेयक आगामी असार महिनाभित्र पास गरिने बताए । 

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित तालिमको उद्घाटनका अवसरमा पत्रकार सम्वद्ध संघसंगठनका नेताहरूले शुभकामना दिएका थिए ।

असार १ गतेसम्म सञ्चालन हुने तालिममा ३३ जनाको सहभागिता रहेको महासंघका सचिव नेत्र पी अधिकारीले बताए ।

View : 273

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved