विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बुधबार भारतको बिहार जोगवनी टिकुलिया घर भई हाल विराटनगर–१५ स्थित ससुरालीमा बस्दै आएका ३६ वर्षीय सुरेश चौधरीलाई कोठाभित्र सुतिरहेको अवस्थामा ओछ्यान नजिकै राखेको टेबल पंखाबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–९ मा बिजुलीको पोलमा चढेर तार सिफ्टिङ गर्ने क्रममा करेन्ट लाग्दा इलामको चुलाचुलीका २८ वर्षीय राजेश लावती र इटहरी–१७ का ४३ वर्षीय बालकुमार अधिकारीको घाइते भएका थिए ।
घाइते लावतीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो भने अधिकारीको न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved