Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विभेद कायम रहदा मानव अधिकार हनन्

उद्‌घोष संवाददाता
२१ चैत २०८२, शनिवार

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् ।

इन्सेक र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा शनिबार आयोजित ‘दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका’ विषयक कार्यक्रममा पोखरेलले समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने भएकाले मानव अधिकार रक्षकको भूमिका सशक्त बनाउनुपर्ने बताएका हुन् । 

राष्ट्रिय जनगणनाको तथ्याङ्क विश्लेषणले देखाएको जातिभेद र लिङ्गभेदको सवाल साझा विषय भएकोले मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीति निर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्ने बताए ।

फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताए । 

राष्ट्रिय जनगणना २०७८ का आधारमा आर्थिक, सामाजिक र जनसांख्यिक अवस्थाको तुलनात्मक विश्लेषण गर्दै आउजीले निश्चित समुदाय पछाडि रहेकाले समग्र मुलुक र अन्य समुदायको प्रगति र समृद्धिको यात्रा पनि प्रभावित बनेको बताए । 

कार्यक्रममा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।

View : 156

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved