इटहरी । सुनसरी प्रहरीले एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ ।
कोशी राजमार्गमा नम्बर नखुलेको एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले साे गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति १२ः३० बजे इलाका प्रहरी कार्यालय दुहबी र दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खोजतलास गर्ने क्रममा दुहबी नगरपालिका–६ स्थित बूढीखोला किनारमा एम्बुलेन्स फेला पारेको थियो ।
मे ४ च ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला परेको र चेकजाँच गर्दा त्यसमा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
View : 67
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved