Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङ उद्योग व्यापार संघद्वारा शाखा संघहरूसँग छलफल

उद्‌घोष संवाददाता
१९ माघ २०८१, शनिवार

लेटाङ । मोरङ उद्योग व्यापार संघले जिल्लाका नौ वटा शाखा संघहरूसँग भेटघाट तथा छलफल गरेको छ । 

व्यवसायीहरूको नापतौल सम्बन्धी समस्या समाधान गर्न कठिनाई हुने गरेको, आयकर लगायत राजस्व सम्बन्धी समस्याहरू भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको एवं व्यवसाय गर्ने सटरहरू खाली हुँदै गइरहेका कारण उद्योग व्यवसाय क्षेत्रमा अप्ठेरो अवस्था उत्पन्न भएको भन्दै संघले शाखा संघहरूको समस्याबारे विराटनगर बाहिर गएर छलफल गरेको हो ।

शुक्रबार लेटाङ उद्योग बाणिज्य संघको समन्वयमा आयोजित छलफलमा संघका अध्यक्ष अनुपम राठी, पूर्वमन्त्री डिक बहादुर लिम्बुसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला र युवा उद्यम समितिहरूका संयोजकको उपस्थिति रहेको थियो । 

२००७ सालमा स्थापित निजी क्षेत्रको जेठो संस्था मोरङ उद्योग व्यापार संघले नगर उद्योग बाणिज्य संघहरूस“ग छलफल गरेको हो । 

लेटाङ नगरपालिका–६ स्थित कपासे होटल भेनिटेजमा आयोजित भेटघाट तथा छलफलमा स्थानीय उद्योग बाणिज्य संघसम्वद्ध व्यवसायीहरूले भोग्नु परेका समस्याबारे छलफल भएको लेटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले बताए ।

संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले देशको व्यापार नीतिमा व्यापाक सुधारको आवश्यकता रहेको बताए । उनले बैंकको चर्काे ब्याजदर घटाउन विगत बर्षमा संघले खेलेको भुमिकाको चर्चा गरे ।

छलफलमा मोरङ भरीको शाखाहरुलाई संयोजन गर्ने भूमिका निर्वाह गरेका पूर्व अध्यक्ष ओम प्रकाश श्रेष्ठले त्यतिबेला सुन्दरहरैंचा, मिक्लाजुङ र उर्लाबारीमा संघलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरे ।

तत्कालिक मोरङ व्यापार संघका अध्यक्ष रहेका पवन सारडाबाट सांसद कोष र संघबाट ५ लाख रुपैयाँ सहयोग जुटाएर लेटाङ उद्योग बाणिज्य संघको सचिवालय स्थापना गरिएको समेत उनले जानकारी दिए ।

छलफलपछि टोलीले लेटाङ नगरपालिका–१ मा रहेको पर्यटकीय स्थलको अवलोकन समेत गरेको थियो । उनले १० बर्षपछि लेटाङमा भेला आयोजना गरिएको बताए ।

छलफलमा उर्लाबारी उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, रंगेली उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार प्रबन्ध समिति, बेलबारी उद्योग वाणिज्य संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

View : 490

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved