Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एकीकृत समाजवादी झापाले सार्वजनिक गर्यो तीन वर्षको आर्थिक कारोबार

उद्‌घोष संवाददाता
११ जेठ २०८२, आइतवार

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले २०७८ सालदेखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक कारोबार विवरण सार्वजनिक गरेको छ । 

पार्टीले यस  अवधिमा रु २५,०६,६१५ को कारोबार भएको जानकारी जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगलाई दिएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापा, भद्रपुरमा आयोजित कार्यक्रममा झापा इञ्चार्ज नीलमणि बराल, सहइञ्चार्ज चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष  बीपी भट्टराई  लगायतका नेताहरुले  प्रमुख निर्वाचन अधिकृत तुलकुमार न्यौपानेलाई आर्थिक विवरण बुझाएका हुन् ।

प्रमुख न्यौपानेले पार्टीले समयमै तथा स्वेच्छिक रूपमा विवरण बुझाएकोमा प्रशंसा गर्दै अन्य  पार्टीहरू पत्र काटेपछि मात्रै आउने तर एकीकृत  समाजवादी पार्टी झापामा पहिलोपटक यसरी स्वस्फुर्त रूपमा विवरण बुझाउने पार्टी बनेको बताएका थिए । 

‘अहिले हाम्रो पार्टी सुशासन  र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आन्दोलनरत रहेको छ’, जिल्ला अध्यक्ष भट्टराईले भने ‘आर्थिक सुशासन हाम्रो  पार्टीको अभियानको एक महत्वपूर्ण अङ्ग हो । हामी पारदर्शी आर्थिक गतिविधिको पक्षमा भएकाले खर्च विवरण बुझाएका हौं। यसलाई निरन्तरता दिनेछौं ।’

View : 430

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved